मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

मन्त्रिपरिषद् निर्णय: विश्व बैंकबाट ऋण–अनुदान स्वीकृत, मल खरिद र गुरुयोजना पारित

सोमबार, बैशाख २१ २०८३

काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेल ले उद्योगहरूमा परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न कर्जा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता विस्तार गर्ने उद्देश्यले उक्त ऋण र अनुदान स्वीकृत गरिएको जानकारी दिए।

बैठकले भारत सँग सरकार–सरकार (G2G) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेड लाई सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ।

यस्तै, सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने, जसमा संसद् भवन परिसरमा प्रवेश व्यवस्थासमेत समेटिएको छ। साथै, संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय समेत गरिएको प्रवक्ता पोखरेलले बताए।