मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

स्कुटर ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

शनिबार, बैशाख १९ २०८३

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ कालीगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने एक जना घाइते भएका छन्।

आज बिहान फलफूल चोकबाट डण्डातर्फ जाँदै गरेको ग प्र ०४–००२ प २६२५ नम्बरको स्कुटर सडक किनारमा रोकिराखिएको प्र नं २–०४–००१ ख ००८२ नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा स्कुटरको पछाडि सवार हुप्सेकोट गाउँपालिका–२ निवासी निशा कुमाल गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि चितवन पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताएका छन्।

यस्तै, दुर्घटनामा स्कुटर चालक कावासोती नगरपालिका–८ निवासी ३७ वर्षीय शङ्कर श्रेष्ठ घाइते भएका छन्। उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।