बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अध्यादेशपछि त्रिविका शीर्ष पदाधिकारी राजीनामा दिने तयारीमा

बिहिबार, बैशाख १७ २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालय का उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार राजीनामा दिने तयारीमा रहेका छन्।

राजनीतिक नियुक्तिबाट पदमा रहेका उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजाल ले राजीनामा दिने तयारी गरेका हुन्।

सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई पदमुक्त गर्ने व्यवस्था सहित अध्यादेश सिफारिस गरी रामचन्द्र पौडेल समक्ष पठाएपछि उनीहरू राजीनामाको तयारीमा जुटेका हुन्।

यस विषयमा बिहान भएको छलफलपछि सरकारलाई मार्ग प्रशस्त गर्ने उद्देश्यले राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ।