काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन प्रक्रिया अघि बढ्ने बताएका छन् ।
बुधबार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले छानबिन चाँडै सुरु हुने जानकारी दएि। उनका अनुसार सम्बन्धित व्यक्तिले नै आफ्नो विषयमा छानबिन गर्न माग गरेका छन्।
लामिछानेले भने कुन ढाँचाबाट छानबिन गर्ने भन्ने विषय अझै टुंगो नलागेको स्पष्ट पार्दै प्रक्रिया चाँडै सार्वजनिक गरिने बताए ।
उनले भने, “छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ, कस्तो प्रकारको हुन्छ भन्ने पनि जानकारी हुन्छ। उनले नै ममाथि प्रश्न उठेकाले छानबिन गरियोस् भन्नुभएको छ। कुन प्रक्रियाबाट गर्ने भन्ने टुंगो लागिसकेको छैन, चाँडै हुन्छ।”
विवादास्पद व्यवसायी दीपक भट्टसँग अनुचित कारोबारको आरोप लागेपछि पूर्वगृहमन्त्री सुधन गुरुङले राजीनामा दिएको बताइएको छ।