कैलाली । धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा गएराति घटना भएको हो।
शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।