बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कांग्रेसले माग्याे बागी गतिविधिमा संलग्न नेतामाथि स्पष्टीकरण

बिहिबार, बैशाख १७ २०८३

काठमाडौँ । नेपाली कांग्रेस ले प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने सदस्यहरूलाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले त्यस्ता व्यक्तिहरूलाई स्पष्टीकरण माग गर्दै पत्राचार गर्ने निर्णय गरेको हो। बैठक तारामान गुरुङको संयोजकत्वमा बसेको थियो।

समितिले महासमिति सदस्य तथा लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवार, पूर्वकेन्द्रीय सदस्य तथा कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार, र लुम्बिनी प्रदेशका यातायात तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेसँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ।

त्यस्तै, प्रदेश उपसभापति तथा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनाल सहित प्रदेश सदस्यहरू जङ्गीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर रायलाई पनि स्पष्टीकरण सोधिने भएको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले निर्णयबारे जानकारी दिए ।