काठमाडौं । विपक्षी दलहरूको बैठक आज बिहान साढे ११ बजे नेकपा (एमाले) को संसदीय दलको कार्यालयमा बस्ने भएको छ।
यसअघि बुधबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकमा श्रम संस्कृतिबाहेक चार दल सहभागी भएका थिए।
आज पुनः एमालेको कार्यालयमा बैठक बस्न लागेको जानकारी नेकपाका प्रमुख सचेतक युवराज दुलालले दिएका छन्। बैठकमा सरकारले ल्याएका अध्यादेशबारे थप छलफल हुने नेताहरूले बताएका छन्।
यसैबीच सरकारले सिफारिस गरेका अध्यादेशबारे रामचन्द्र पौडेल ले संविधानविद्हरूसँग छलफल गरिरहेको जनाइएको छ।