बाजुरा । गौमुल गाउँपालिकामा सुन्तलाको रुखबाट लड्दा एक वृद्ध किसानको मृत्यु भएको बताइएको छ।
जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार ज्यान गएको हो। सुन्तलाको बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका थिए।
रोकाया जिल्लाका अग्रणी किसानका रूपमा चिनन्थिे ।