बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रिलायन्स लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

शनिबार, साउन ३२ २०७६

काठमाडौं साउन, ३२– रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले शुुत्रबार काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।   
संस्थाका अध्यक्ष ताराचन्द केडियाको सभापतित्वमा सम्पन्न सभाले आ.व.२०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरेको थियो । कम्पनीका अन्य संचालकहरुमा भरत कुमार तोदी, जगदीशकुमार अग्रवाल, अमित कुमार बेगानी तथा सुन्दर प्रसाद कडेल रहेकाछन । सभाले सञ्चालक समितिको आ.व. २०७४/७५ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७५/०७६ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

सिद्धार्थ बैँक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइप इन्स्योरेन्स लिमिटेड (“कम्पनी”) ले मिति २०७४।०८।०१ गतेदेखि विधिवत् रुपमा जीवन बीमा व्यवसाय संचालन गर्दै हाल ८८ वटा शाखा/उपशा खाकार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीको अधिकृत पूँजीरु. तीन अर्ब र जारी पुँजी दुुई अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड रुपैयाँ बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने छ ।