मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बुधबार, बैशाख १६ २०८३

लमजुङ । अविरल वर्षाका कारण गएको पहिरोले मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार मध्यनेपाल नगरपालिका–१०, विमिरे भञ्ज्याङ क्षेत्रमा पहिरो खस्दा बिहानदेखि सडक पूर्ण रूपमा बन्द भएको हो।

गएरातिदेखि निरन्तर वर्षा भइरहेकाले सो क्षेत्रमा पहिरो खसेर यातायात सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरो हटाउने प्रयास भइरहेको भए पनि लगातारको वर्षा र खोलाहरूमा पानीको बहाव उच्च भएकाले सडक खुलाउन समय लाग्ने अनुमान गरिएको छ।

यस खण्डमा रहेका विभिन्न खोलामा पानीको सतह बढेकाले तत्काल सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ।