बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चन्द्रागिरिमा दुई करोडको लागतमा मदन भण्डारी स्मृति पार्क बन्ने

शनिबार, साउन ३२ २०७६

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो ।

काठमाडौँ महानगरपालिकाको रु एक करोड तथा चन्द्रागिरि नगरपालिकाको रु एक करोड लागतमा उक्त उद्यान बन्न लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताए ।

“काठमाडौँ महानगरपालिकाले प्रत्येक नगरपालिकालाई पार्क निर्माणका लागि रु एक करोड विनियोजन गरेसँगै मदन भण्डारी उद्यान निर्माण गर्न लागेका हौँ”, उनले भने । उक्त उद्यानको बिहीबार शिलान्यास गरिएको छ ।