बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्दोषहरुलाई अनैतिक कर्ममा संलग्न भनेर पक्राउ गरियो

शनिबार, साउन ३२ २०७६

काठमाडौं । प्रदेश १ को राजधानी विराटनगरका विभिन्न होटलमा छापा मारेर प्रहरीले शुक्रबार अपरान्ह ५६ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रमाणविनै होटल तथा रेस्टुरेन्टमा छापा मारेर पक्राउ गरिएका सबैलाई मुद्दा नचलाई छाडिने प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेका २७ महिला र २९ पुरुष छन् । अनैतिक गतिविधि नियन्त्रण गर्ने भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी राजकुमार खिउजुले पक्राउ परेकाहरू अनैतिक कार्यमा संलग्न नभेटिएकाले सबैलाई अभिभावकको जिम्मा लगाएर छाडिने बताए ।

प्रदेशको राजधानी विराटनगरमा आएर बास बस्ने पर्यटकलाई पक्राउ गरेर उनीहरूको इज्जतमा खेलवाड गरेको क्षेत्रीय होटल संघ विराटनगरका अध्यक्ष राजन श्रेष्ठ बताउँछन् ।