बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हेटौंडा एकेडेमीका संस्थापक सुमार्गीलाई एन प्याब्सनद्वारा मानार्थ सदस्यता प्रदान

शनिबार, साउन ३२ २०७६

काठमाडौं साउन, ३२– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनले (एन प्याब्सन) ले  व्यवसायी अरुणराज सुमार्गीलाई मानार्थ सदस्यता प्रदान गरेको छ ।

शुक्रबार सम्पन्न  प्याब्सनको केन्द्रीय परिषद बैठकले  हेटौंडा एकेडेमीका संस्थापक सुमार्गीलाई मानार्थ सदस्यता प्रदान गरेको हो। एन प्याब्सनले नेपालको शिक्षा क्षेत्रमा सुमार्गीले अथक योगदान पु¥याएकाले उच्च मूल्यांकन र सम्मान गर्दै मानार्थ सदस्यता प्रदान गरेको जनाएको छ।

एन प्याब्सनले व्यवसायी सुमार्गीबाट आगामी दिनमा पनि नेपालको शिक्षा क्षेत्रको विकास, प्रवर्द्धन र निरन्तरताको आशा राखेको उल्लेख गरेको छ ।