कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस गरिएको छ ।
कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार आठौँ अधिवेशनको पहिलो बैठक यही वैशाख २८ गते बुधबार दिउँसो ३ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गरिएको छ ।
यसअघि गत चैत १५ गते कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य गरिएको थियो ।