गाईघाट (उदयपुर) । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई पाँच दिनपछि मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत मङ्गलबार गाउँका साथीहरूसँग माछा मार्न सुनकोशी पुगेका राई दिउँसो करिब ३ बजे नदीमा बेपत्ता भएका थिए।
स्थानीयवासी र प्रहरीको संयुक्त खोजीपछि शनिबार साँझ रौतामाई गाउँपालिका–भदौरेस्थित सुनकोशी किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले जानकारी दिए ।
घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब १८ कोश उत्तरतर्फ पर्ने पहाडी क्षेत्रमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।