काठमाडौं, साउन ३१ । ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा रेमिट टू नेपालसगं रेमिट सेवाको लागि सम्झौता गरेको छ । बिहिबार ज्योति विकास बैंक र रेमिट टू नेपालबीच उक्त सहकार्य सम्झौता भएको हो ।
सम्झौतामा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा रेमिट टू नेपालको तर्फबाट रेमिट टू नेपालका महाप्रबन्धक सन्तोष भेटवालले हस्ताक्षर गरेका हुुन ।
सम्झौता पश्चात रेमिट टू नेपालको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिनेछ। ज्योतिको मुलुकभर रहेका ९७ वटा शाखाबाट रेमिट टू नेपालको देश विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ ।
हाल ज्योति विकास बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा एटिएम मार्फत उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटिएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले दुुई लाख ४० हजारभन्दा बढि खाताबाट २९ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरी २० हजार भन्दा बढीी ऋणीहरुलाई २५ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ ।