बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साहित्य सन्ध्या पुरस्कार तथा सम्मान घोषणा

शुक्रबार, साउन ३१ २०७६

काठमाडौं । साहित्य सन्ध्याले विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने पाँच व्यक्तिलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’को घोषणा गरेको छ ।

पन्ध्र हजार पुरस्कार राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान झापाका साहित्यकार, चन्द्र भण्डारीलाई प्रदान गरिने भएको छ ।

यस्तै दश हजार राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार शिक्षासेवी, विष्णुप्रसाद पोखरेललाई र दश हजार राशिकै ‘साहित्य सन्ध्या–कृबा पुरस्कार’बाट स्वास्थ्य क्षेत्रमा योगदान र्पुयाएका दाङका वसन्ता शर्मा आचार्यलाई प्रदान गरिने भएको हो ।

वर्षभरिमा हरेक महीनाको पहिलो शनिबार हुने विशेष गोष्ठीमध्ये दश पटक सहभागी हुने स्रष्टालाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत यस वर्ष काठमाडौंका मुकुन्द न्यौपानेलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।