मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

ढुंगामुढापछि कडा सुरक्षा बीच मनोहरा सुकुमवासी बस्ती भत्काउने काम सुरु

आइतबार, बैशाख १३ २०८३

भक्तपुर । भक्तपुरको मनोहरा क्षेत्रस्थित सुकुमवासी बस्ती हटाउने काम कडा सुरक्षाबीच सुरु भएको छ।

शनिबार बस्ती हटाउने प्रयासका क्रममा स्थानीयवासी र सुरक्षाकर्मीबीच झडप भई ढुंगामुढा प्रहार भएपछि आज बिहानदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो।

आइतबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टुकडी परिचालन गरी बस्ती क्षेत्रलाई नियन्त्रणमा लिइएको छ। त्यसपछि डोजर प्रयोग गरी बस्ती भत्काउने कार्य अघि बढाइएको छ।

शनिबारको घटनामा प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि केही समय तनावपूर्ण स्थिति बनेको थियो। त्यसपछि प्रशासनले थप सुरक्षा बल परिचालन गरेको हो।

अहिले बस्ती हटाउने काम क्रमशः अघि बढिरहेको र क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिइएको सुरक्षास्रोतले जनाएको छ।