बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, ट्रम्पसहित शीर्ष नेताको सुरक्षित उद्धार

आइतबार, बैशाख १३ २०८३

वासिङ्टन डिसी । अमेरिकामा शनिबार राति आयोजित ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका क्रममा गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसहित देशका शीर्ष नेताहरूलाई तत्काल सुरक्षित स्थानमा लगिएको छ। अमेरिकी सञ्चारमाध्यमहरूले ह्वाइट हाउस प्रशासनलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्प पूर्ण रूपमा सुरक्षित रहेको जनाएका छन्।

अमेरिकी प्रशासनका एक अधिकारीका अनुसार मन्त्रिपरिषद्का सबै सदस्यहरू पनि सकुशल रहेका छन्। गोली चलेलगत्तै सुरक्षा निकायले कार्यक्रमस्थललाई घेरा हाल्दै सहभागीहरूलाई भुइँमा निहुरिन निर्देशन दिएको बताइएको छ। कार्यक्रममा सहभागी सयौं अतिथि केही समय त्रासमा परेका थिए।

अमेरिकी गुप्तचर सेवाले मुख्य सुरक्षा जाँच क्षेत्र नजिकै गोली चलेको पुष्टि गर्दै एक संदिग्धलाई नियन्त्रणमा लिइएको जनाएको छ। संदिग्धको परिचय भने सार्वजनिक गरिएको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

राष्ट्रपति ट्रम्पका शीर्ष सल्लाहकार स्टिफन मिलरसहित अन्य उच्च अधिकारीलाई पनि सुरक्षाकर्मीले हतारहतार कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए। घटनापछि कार्यक्रम स्थगित गरिएको बताइएको छ।
एजेन्सी