काठमाडौं । काठमाडौंको पेप्सीकोलामा मादक पदार्थ सेवन गरेका एक व्यक्तिले पार्किङमा राखिएका आठ वटा सवारी साधनमा तोडफोड गरेका छन्।
प्रहरीका अनुसार गएराति करिब १ बजेतिर ती व्यक्तिले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम लिँदै होहल्ला गरेका थिए। त्यसपछि पार्किङ क्षेत्रमा राखिएका गाडीहरूमा आक्रमण गरी क्षति पुर्याएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
तोडफोड गर्ने व्यक्तिलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्।
घटनामा संलग्न व्यक्तिको पूर्ण परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। साथै घटनाबारे थप अनुसन्धान भइरहेको छ।