काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीमा घरटहरा भत्काउने काम सुरु भएको छ ।
बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपछि बस्तीका बासिन्दाले आफ्ना सामान हटाउन थालेका थिए । धेरैजना सामान बोकेर बस्तीबाट बाहिरिएका छन् ।
त्यसपछि बिहान पुगेको डोजरले घरटहरा हटाउने कार्य सुरु गरेको हो ।
हालसम्म स्थिति शान्तिपूर्ण रहेको जनाइएको छ । थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौँ महानगरपालिका–९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारीमा आफूहरु रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।