धनुषा। मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ।
मधेस प्रदेश प्रमुखको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको जनाएको छ।
प्रदेश सरकारका अनुसार मन्त्रिपरिषद्को वैशाख ९ गते बसेको बैठकले आज मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।
प्रदेशसभाको अधिवेशन अन्त्यसँगै आगामी राजनीतिक गतिविधि, बजेट अधिवेशन र नयाँ कार्यसूचीबारे चासो बढेको छ।