काठमाडौं । संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्ने कार्यदलको बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठन गरिएको उक्त कार्यदलको बैठक अपराह्न ३ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा राजनीतिक दलहरूका लिखित धारणा, पहिचान भएका संविधान संशोधनका मुद्दा तथा कार्यदलको आगामी कामकारबाही सम्बन्धी प्रस्तावित कार्ययोजनाबारे छलफल हुने बताइएको छ।
कार्यदलले संविधान संशोधनसँग सम्बन्धित विषयहरूमा बहस पत्र तयार गर्ने जिम्मेवारी पाएको छ। सचिवालयका अनुसार बैठकले आगामी कार्यदिशा र प्रक्रियागत योजना तय गर्ने अपेक्षा गरिएको छ।