मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

कति मिडियाकर्मी साथीहरुको कहाँ-कहाँ स्वीट शेयर छ ? बिस्तारै आउला : सुधन गुरुङ

बिहिबार, बैशाख १० २०८३

काठमाडौं । गृहमन्त्री पदबाट हालै राजीनामा दिएका सुधन गुरुङले सामाजिक सञ्जालमा व्यक्त गरेको एक टिप्पणीले राजनीतिक तथा सञ्चार क्षेत्र तरंगित भएको छ। उनले फेसबुकमा लेख्दै केही मिडियाकर्मीहरूसँग सम्बन्धित ‘स्वीट सेयर’ (sweet share) विषय उठाएका छन्, जसले थप बहस जन्माएको छ।

गुरुङले आफ्नो स्टाटसमा लेखेका छन्, “कति मिडियाकर्मी साथीहरूको कहाँ-कहाँ स्वेट सेयर छ, बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।”

यसअघि उनले राजीनामा दिने निर्णय सार्वजनिक गर्दै आफूविरुद्ध उठेका शेयर तथा हितसङ्घर्ष (conflict of interest) सम्बन्धी प्रश्नहरूलाई गम्भीर रूपमा लिएको बताएका थिए। उनले निष्पक्ष छानबिनको माग गर्दै पदमा रहँदा कुनै पनि प्रकारको हित–द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको दाबी गरेका थिए।

उनको भनाइअनुसार, “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन” भन्दै उनले सार्वजनिक जीवनमा पारदर्शिता र जवाफदेहिताको आवश्यकता औंल्याएका छन्।

त्यस्तै, उनले हाल देशमा चलिरहेको युवा आन्दोलनको सन्दर्भ जोड्दै सुशासन, पारदर्शिता र नेतृत्वको जवाफदेहिताबारे पनि टिप्पणी गरेका छन्।

तर, मिडियाकर्मीहरूसँग सम्बन्धित ‘स्वीट सेयर’ भन्ने अभिव्यक्तिपछि सामाजिक सञ्जालमा यसको अर्थ र संकेतबारे विभिन्न व्याख्या तथा चर्चा सुरु भएको छ। यस विषयमा औपचारिक पुष्टि वा विस्तृत विवरण भने हालसम्म सार्वजनिक भएको छैन।

राजनीतिक विश्लेषकहरूका अनुसार, यस्तो अभिव्यक्तिले सत्ता, सञ्चार र राजनीतिक सम्बन्धबारे थप बहस सिर्जना गर्न सक्ने देखिएको छ।