बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जनरल इन्स्योरेन्सको प्रथम साधारण सभा सम्पन्न

बिहिबार, साउन ३० २०७६

काठमाडौ, साउन ३० । जनरल इन्स्योरेन्स कम्पनीले प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले संचालक समितिका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा एलिस रिसेप्सन, गैरिधारा, काठमाण्डौमा बुधबार बार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

सभाको समुुद्घाटन सुदुर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा यस कम्पनीका संस्थापक अध्यक्ष झपट बहादुर बोहराले गरेका हुुन ।

बीमा बजारको प्रतिस्पर्धात्मक स्थिति तथा विभिन्न चुनौतीहरुको बाबजुदपनि कम्पनीले आ.ब. २०७४—०७५ को करिब २४ कार्यदिनमा एक सय ९३ बीमालेख  जारी ३१ लाख ६९ हजार आठ सय ९१ रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनी जनाएको छ ।

सो अनुरुपआ.व. २०७५—०७६ मा कम्पनीले जम्मा ३१ हजार दुुई सय १७ बीमालेख जारी गरि तीन अर्ब ३२ करोड ४६ लाख १४ हजार एक सय २३ रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
आ.व. २०७५—०७६ माजम्मादाबी संख्या सात सय ३८ परेको मध्ये जम्मादाबी संख्या पाँच सय आठ को रकम रु. ४३ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरिसकेको पनि कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले बार्षिक साधारण सभा मार्फत जारी पुँजी अन्तर्गत सर्वसाधारण समुहका लागि छुट्याइएको ३० प्रतिसतका दरले हुने जम्मा ३० करोड रुपैयाँको शेयर संख्या ३० लाख कित्ता साधारण सेयर जारी गर्ने समेतको निर्णय गरेको छ ।

सभामा भएको सञ्चालक समितीको निर्वाचनमा संचालक  कुनाल कयाल, लक्ष्मी प्रसाद श्रेष्ठ, कृष्ण बोहरा, दिपेन्द्र अग्रवाल निर्वाचित भएको जानकारी समेत कम्पनीले दिएको छ ।

कम्पनीले हाल सम्पत्ति, सामुन्द्रिक, मोटर, इन्जिनियरिङ्ग, स्वास्थ्य, कृषि, पशुपंछी तथाविविधबीमाको सेवा प्रदान गर्दै आईरहेको छ ।

कम्पनीले केन्द्र्रिय कार्यालय र ३८ वटा शाखा तथा १० वटा उपशाखा कार्यालयहरुबाट जम्मा एक सय ६२ कर्मचारीहरुद्धारा सेवा प्रदान आएको छ ।