बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

बिहिबार, साउन ३० २०७६

काठमाडौं । गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीस्थित मिना लामाको खाजा घरमा जुवातास खेलिरहेका लामा समेत ६जनालाई नगद १९ हजार १ सय ५० रुपैयाँ र १ बुक तास सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाकोआधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका ६ बौद्ध रामहिटीस्थित सोलुखुम्बु घर भएका ३६ वर्षीय निमा शेर्पाको हिमालयन शेर्पा किचनमा जुवातास खेलिरहेका शेर्पा समेत ५ जनालाई १ बुक तास र नगद २ हजार ७ सय ९० रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरीप्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।