मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथमा लिएर अघि बढ्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशनको तयारीका लागि सबै साथीहरूसँग निरन्तर संवादमा रहेको जानकारी दिए ।
सभापति थापाले नेपाली कांग्रेस सङ्घीय संसद्मा प्रतिपक्षमा रहे पनि सातै प्रदेश र स्थानीय तहमा अग्रस्थानमा रहेकाले पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गरे ।
उनले पार्टी केन्द्रीय समितिको निर्णयअनुसार वर्तमान सरकारलाई मुलुकमा सुशासन कायम गर्न, संविधान कार्यान्वयन गर्न तथा जनतासँग सम्बन्धित विषयमा आवश्यक सहयोग रहने बताए ।