काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।
विवादित व्यवसायी दीपक भट्टसँगको कथित साझेदारी तथा उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएपछि चौतर्फी आलोचना खेपिरहेका गुरुङ प्रधानमन्त्रीसँग भेटवार्ताका लागि प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।
यसै विषयलाई लिएर गृहमन्त्री गुरुङमाथि पदबाट राजीनामा दिन दबाब बढिरहेको बताइएको छ ।
गुरुङ र प्रधानमन्त्री शाहबीचको भेटमा पछिल्लो विवाद, सार्वजनिक आरोप तथा सरकारको आगामी कदमबारे छलफल हुने अनुमान गरिएको छ ।