काठमाडौं । संविधानको धारा ३७० र ३५ (ए) खारेज गर्दै जम्मु–कश्मीरमाथि लगाएको प्रतिबन्ध १० दिनपछि भारत सरकारले केही खुकुलो बनाएको छ ।
जम्मु–कश्मीरलाई दिइएको विशेषाधिकार खारेज गर्ने निर्णयलगत्तै भारतले त्यहाँ कफ्र्यू र सञ्चार सुविधा खोसेको थियो ।
तर, बिस्तारै अवस्था सामान्य बन्दै गएकाले प्रतिबन्ध केही खुकुलो बनाइएको कश्मीरका प्रमुख सचिव कन्सालले जनाएका छन् । बजार, यातायात, शिक्षण संस्थालगायत खुल्न थालेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सुरक्षा सतर्कता भने उच्च राखिएको छ ।