काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग संयुक्त छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरअघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा नेपाल सरकारका राष्ट्रिय प्राथमिकता, सम्बन्धित निकायहरूको जिम्मेवारी, योजना तथा कार्यक्रम तथा आगामी बजेटका विषयमा छलफल भइरहेको बताइएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार ती निकायहरूले काम गर्ने क्रममा भोगिरहेका चुनौती तथा सुधारका लागि आवश्यक मुख्य सुझावबारे पनि बैठकमा छलफल हुने छ।