बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबीच भेट

मंगलबार, बैशाख ८ २०८३

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायकमन्त्री एसपल कपुरले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

त्यस अवसरमा व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्दै आपसी सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको बताइएको छ।