बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

क्रिकेटलाई ओलम्पिकमा राख्ने कोसिस

बुधबार, साउन २९ २०७६

काठमाडौं । आईसीसीले ओलम्पिक प्रतियोगितामा क्रिकेट पनि राख्न पहल गरिरहेको जनाएको छ । सन् २०२८ मा लस एञ्जलसमा हुने ओलम्पिकमा क्रिकेटलाई पनि समावेश गर्न आईसीसीले पहल गरिरहेको हो ।

मेरिलेबोन क्रिकेट क्लबका अध्यक्ष माइक गेटिङले ओलम्पिकमा क्रिकेट समावेश गर्न पहल भइरहेको जानकारी दिएका छन् । उनका अनुसार चार–चार वर्षमा हुने ओलम्पिकमा क्रिकेटलाई समावेश गर्ने पहल भइरहेको छ ।

ईएसपीएनसँगको सम्वादमा गेटिङले अव ओलम्पिकमा क्रिकेट पनि समावेश हुनेमा आशावादी रहेको बताए ।