भक्तपुर, साउन २९ । सूर्यबिनायक नगरपालिका ८ ठुलागाँउस्थित सार्वजनिक स्थानमा प्राकृतिक रुपमा उम्रेका करिब १४ हजार गाँजाका बोट तथा सोही स्थानबाट करिब ६० लिटर घरेलु मदिरा समेत नियन्त्रणमा लिई बुधबार प्रहरीले नष्ट गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले स्थानीय भद्रभलादमीको रोहबरमा उक्त गाँजा तथा घरेलु मदिरा नष्ट गरेको हो ।