बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दाउराको चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा चार जना पक्राउ

मंगलबार, साउन २८ २०७६

पर्वत साउन, २८–
जलजला गाउँपालिका ४ लामाखेत बस्ने १७ वर्षीय पावल बिकलाई दाउराको चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जनालाई सोमबार प्रहरी चौकी वारीवेनी पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा जलजला गाउँपालिका(४ लामाखेत बस्नेहरु ३९ वर्षीय कबिन गर्बुजा, ३३ वर्षीय तेजेन जुग्जाली, २० वर्षीय राजु पुन र २४ वर्षीय अमित फगामी रहेका छन् । गत आइतबार राति उनीहरुले मादक पदार्थ सेवन गरी पावल बिकलाई दाउराको चिर्पट प्रहार गरी घाइते बनाएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी वारीवेनी पर्वतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा आफ्नै घरमा लुकीछुपी बसेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

घाइते पावल गण्डकी मेडिकल कलेज पोखरामा उपचार पश्चात डिस्चार्ज भएका छन् ।  पक्राउ परेका ४ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।