बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनएमबी बैंकको बिशेष सभा सम्पन्न

मंगलबार, साउन २८ २०७६

काठमाडौं, साउन २८ । एनएमबी बैकको बिशेष साधारण सभा सम्पन्न भएको छ । बैकको साउन २८ गते अर्थात आज मंगलबार सम्पन विशेष साधारण सभाले एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

मुलुकको समग्र बैंकिङ्ग तथा वित्तीय प्रणालीको संबद्र्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, मुलुकको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्वको लागि निक्षेपकर्ता तथा लगानीकर्ताहरुको हितको संरक्षण गर्न, बैंकको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिबृद्धि गरी आधुनिक बैंकिङ्ग सुबिधा अझ प्रभावकारी ढंगले प्रदान गर्न सक्ने तुल्याउन, व्यवसाय र शाखा संजाल विस्तार गर्न तथा बैंकको पूँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्धेश्यका साथ एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड गाभ्न साधारण सभामा पेश गरेको प्रस्ताव साधारण सभाबाट सर्वसम्मतीले पारित भएको छ । 

एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः ७६ रहने  स्वीकृति साधारण सभाले प्रदान गरेको छ । जसमा ओम डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ओम डेभलपमेन्ट बैंकको प्रत्येक १०० कित्ता बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर प्राप्त गर्नेछन् ।

मर्जर पश्चात एनएमबि बैंकको कूल पूंजी तथा जगेडा कोषमा बृद्धि भई रु.२० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जा क्रमशः रु. १ खर्ब १९ अर्ब र रु. १ खर्ब १३ अर्ब पुग्नेछ ।