काठमाडौं, साउन २८ । प्रगतिको आधार कामना सेवासँग कारोबार भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दे आइरहेको कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रmपन्देही जिल्ला वुटवल ६ स्थितश्री तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले स्कुल झोला वितरण गरेकाछन ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सि सि क्यामेरा जडानका लागि सि सि क्यामेरा जडान उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसी प्रसाद आचार्यले २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेकाछन ।
यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकहरmलाई स्वास्थ्य बीमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई नौ हजार छ सय सात र बेसिशहरका ग्राहक रन्जिता अधिकारीलाई ६७ हजार आठ सय १९ रुपैयाँ स्वास्थ्य बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दे आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैैकिङ, मोवाईल बैैकिङ, सि—आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दे जाने बैंकको योजना रहेको छ ।