बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपालको बजेटभन्दा बढी अर्थात १६ खर्ब ९३ अर्ब लगानी भारत पस्दै

सोमबार, साउन २७ २०७६

एजेन्सी । छिमेकी देश भारतमा एउटै कम्पनीले नेपालको पूँजी बजारको भन्दा धेरै विदेशी लगानी भित्र्याउने भएको छ । विश्वको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामकोले भारतको सबैभन्दा ठूलो तेल प्रशोधन कम्पनीमा नेपालको शेयर बजारमा सूचीकृत कम्पनीहरुको कूल बजार पूँजीकरणभन्दा धेरै रकमको शेयर खरिद गर्ने भएको छ ।

अरामकोले मुकेश अम्बानीको स्वामित्व रहेको रिलायन्स इन्डस्ट्रीजको तेल रिफाइनिङ तथा पेट्रोकेमिकल कारोबारमा २० प्रतिशत अर्थात् १५ अर्ब अमेरिकी डलर बराबरको हिस्सेदारी खरिद गर्न लागेको हो । यो भारतीय इतिहासकै सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी हुनेछ ।

यो नेपालको शेयर बजारमा सूचीकृत कम्पनीहरुको कूल बजार पूँजीकरणभन्दा धेरै हो । हाल नेपालमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण साढे १५ खर्ब हाराहारीमा रहेको छ । नेपालको बजेट पनि १५ खर्ब नै छ ।  रिलायन्समा साउदी अरामको कम्पनीले रिलायन्सको कूल पूँजीकरण ७५ अर्ब अमेरिकी डलरको २० प्रतिशत अर्थात् १५ अर्ब अमेरिकी डलरको शेयर हिस्सा खरिद गर्न लागेको हो । रिलायन्सको तेल प्रशोधनमा अरामको कम्पनीको शेयर हिस्सा १६ खर्ब ९३ अर्ब नेपाली रुपैयाँ बराबर हुन आउँछ ।