काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मोरिससको राजधानी पोर्ट लुइसमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनका क्रममा भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार एस जयशंकर सँगको भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामबारे समग्र समीक्षा गरिएको छ । साथै, आपसी हितका विभिन्न विषयमा छलफल गर्दै द्विपक्षीय सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको पनि छ ।
त्यसैगरी, डी. एन. धुङ्गेल सँगको भेटमा नेपाल–भूटानबीचको घनिष्ठ सम्बन्धलाई थप विस्तार गर्ने र आपसी हितका क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको थियाे ।
यसै क्रममा खलिलुर रहमान सँग पनि भेटवार्ता भएको उनले जानकारी दिए। उक्त भेटमा दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै सहयोगका क्षेत्रहरू विस्तार गरी पारस्परिक सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा विमर्श भएको उनले बताए ।