बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

संघीय संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य

शुक्रबार, चैत्र २७ २०८२

काठमाडौं । संघीय संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज रातिदेखि लागू हुने गरी प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको अधिवेशन अन्त्य गरेको जनाइएको छ।

फागुन २१ गतेबाट आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशन यही चैत १९ गतेबाट सञ्चालनमा आएको थियो। अब सरकारले आगामी बजेट अधिवेशनको तयारीमा जुट्ने बताइएको छ।