शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

रास्वपाको समर्थनमा उपसभामुखमा श्रम संस्कृतिबाट २५ वर्षीया रुबीको उम्मेदवारी दर्ता

राप्रपाबाट सरस्वती लामाको उम्मेदवारी

बिहिबार, चैत्र २६ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटिको समर्थनमा प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दर्ता गराएको छ।

श्रम संस्कृति पार्टीबाट २५ वर्षीया रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् । कुमारीको प्रस्तावकमा आर्यन राई र समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्विकादेवी निरौला रहेका छन्।

उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन् । संसद सचिवालयले उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकेको थियो।