काठमाडौं । सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडा बढाउने सरकारले निर्णय गरेको छ । यातायात व्यवस्था विभागले यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने तयारी गरेको हो ।
सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ ।
पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा वृद्धिका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको छ । विभागले केही समयभित्रै आफ्नो आधिकारिक वेबसाइटमार्फत नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।
