बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

बुधबार, चैत्र २५ २०८२

काठमाडौँ । नियमित बजार अनुगमन तथा निरीक्षणका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ।

स्थलगत निरीक्षणका क्रममा कैफियत फेला परेपछि विभागले कुलेश्वरस्थित शंकर खाद्य किराना स्टोरलाई रु २० हजार जरिवाना गरेको जनाएको छ। यस्तै, सोही क्षेत्रमा रहेको एमडिआर स्टोरलाई पनि रु २० हजार जरिवाना गरिएको छ।

यसैगरी, गोंगबुस्थित गुप्ता गुदपाक भण्डारलाई रु पाँच हजार जरिवाना गरिएको विभागले जानकारी दिएको छ। ती फर्महरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको स्पष्ट पारिएको छ।

विभागका अनुसार एकैदिन ३९ वटा फर्ममा अनुगमन गरिएकोमा ३६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ। उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको जनाएको छ।