काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएका छन्। निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको सम्भावित कार्यसूचीमा उल्लेख छ।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्ने कार्यक्रम छ। सो अघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको छ। साथै, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम तय गरिएको छ।
उता, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। उक्त बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गर्ने कार्यक्रम रहेको जनाइएको छ।