काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूसँग सामूहिक रूपमा भेट गर्ने कार्यक्रम तय भएको छ।
भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो हुने जनाइएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा हुने उक्त भेटमा प्रधानमन्त्री शाहले राजदूतहरूलाई सङ्क्षिप्त रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्रीले विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्न लागेको जानकारी दिँदै यो संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्। उनले मर्यादित कूटनीतिले नेपाललाई अझ सशक्त बनाउने उल्लेख गरेका छन् ।