काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आह्वानमा आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक दिउँसो १ बजे सिंहदरबारस्थित कार्यालयमा आयोजना हुने तय भएको हो ।
बैठकमा समसामयिक विषयहरूमा छलफल गरी विभिन्न महत्वपूर्ण निर्णयहरू लिइने तयारी गरिएको छ । सरकारले पछिल्लो राजनीतिक तथा प्रशासनिक अवस्थालाई ध्यानमा राख्दै आकस्मिक रूपमा बैठक बोलाएको बताइएको छ ।