बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

राताम्मै शेयर बजार, एकैदिन एक सय पाँच अंकको भिषण पहिरो

आइतबार, चैत्र २२ २०८२

काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से एक सय पाँच दशमलव ५० अंकले घटेर २६ सय ७६ दशमलव ६८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ६२ अंकले घटेर चार सय ५७ दशमलव ६१ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४५ वटा कम्पनीहरुको एक लाख ४१ हजार ३६ पटकको कारोबारमा तीन करोड १२ लाख छ हजार एक सय ६२ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम १२ अर्ब ३८ करोड नौं लाख १४ हजार पाँच सय ७० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहको सुचक घटेर नेप्से राताम्मै देखिएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४८ दशमलव ३६ अंकले घटेर एक हजार चार सय छ दशमलव ४० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय ८४ दशमलव ९९ अंकले घटेर तीन हजार छ सय ३४ दशमलव ७४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि चार सय ६३ दशमलव ७१ अंकले घटेर १२ हजार चार सय २५ दशमलव ९८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि चार सय ३२ दशमलव ११ अंकले घटेर १० हजार सात सय ४४ दशमलव ४४ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज रिलायन्स स्पीनिङ मिल्स लिमिटेडले सबैभन्दा बढी कमाउँदा नारायणी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।