काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लिएका कतिपय निर्णयले अब अर्थतन्त्रमा सकारात्मक सूचीको पहिलो आउने आँकलन गरिएको छ। निजी क्षेत्र खुसी देखिएको छ।
वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने पहिलो निर्णय गरेका छन्। १३ चैतसम्मको पछिल्लो आर्थिक स्थितिपत्र (ह्वाइटपेपर) तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेका छन्।
अर्थमन्त्रीको कार्यभार सम्हाल्दै वाग्लेले शुक्रबार यस्तो निर्णय गरेका हुन्।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव अनुसार राजस्व अनुसन्धान विभाग खारेज सहित कानुन खारेजी अध्ययन गर्न कार्यदलले काम गर्ने छ। यसमा सबै पुराना कानुन संशोधन गर्ने (१५ ऐन खारेज गर्ने) प्रक्रियाका लागि कार्यदल गठन गर्न लागिएको हो।
वाग्ले बजेटमा पनि केन्द्रित भैसकेका छन्। निजी उद्यम सुरक्षाका लागि गर्न सकिने अध्ययन गर्न र ठूला आयोजनालाई तीव्र्रता दिन सहजीकरण गर्ने तयारी स्वरूप कार्यदल गठन भएको छ।
अहिले अर्थतन्त्रमा शिथिलता देखिए पनि केही सकारात्मक अवस्था रहेको उनको भनाइ छ।
उनले भनेका छन्,‘राजस्व चुनौतीपूर्ण अवस्थामा छ, बैंक डिपोजिट बढेको छ, आन्तरिक शिथिलता चिर्नु छ, नेपालको अर्थतन्त्र वृद्धि, रूपान्तरणकारी बजेटको तयारीमा हामी जुट्छौं।’ उनले प्रणालीमा अधिक नियमन गरिएका कारण अर्थतन्त्र चलायमान बनाउन उप्रेरणा सहितका समस्या सल्टाएर अगाडि जाने बताए।
वाग्ले धरासायी अर्थतन्त्र भएका मुलुकमा कसरी उठाउन सकिन्छ भन्ने प्रवचनकर्ता पनि हुन्। विश्वका विभिन्न घटनाले जर्जर भएको अर्थतन्त्रका बेला नेपालको बागडोर सम्हाल्दा केही आशाका किरण पलाएको अनुमान गर्न सकिन्छ।