बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जलविद्युतका सेयरमा लगानीकर्ताको अरुची, हिमाल दोलखाको आइपिओ भर्ने शुक्रबार अन्तिम दिन

शुक्रबार, साउन २४ २०७६

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले निष्कासन गरेको प्राथमिक शेयरमा आबेदन दिने शुक्रवार अन्तिम दिन रहेको छ । कम्पनीले गएको असार २५ गतेदेखि साधारण शेयर निष्कासन गरेको थियो ।

पहिलो चरणमा सबै शेयर बिक्री नभएपछि कम्पनीले साउन २४ सम्म बिक्री खुला राखेको थियो । कम्तीमा एक हजार रुपैयाँ बराबरको १० कित्तादेखि एक लाख कित्तासम्म आवेदन गर्न सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ ।  

क्यापिटलको केन्द्रीय कार्यालयसँगै सी–आस्वा सेवा प्रदायक बैक वित्तीय संस्था र मेरो शेयर अनलाइन मार्फत आवेदन दिन सक्ने छन् ।  
कम्पनीले कुल ७६ लाख ७२ हजार २१० कित्ता शेयर निष्कासन गरेको हो । जसमा सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता शेयर  सर्वसाधारणलाई खुला गरिएको छ ।