शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

झण्डै छ अंंकले बढ्यो नेप्से,आठ अर्ब ८१ करोड रुपैंयाँको शेयर कारोबार

बिहिबार, चैत्र १९ २०८२

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन ७४ दशमलव ७३ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पाँच दशमलव ८२ अंकले बढेर २७ सय ८२ दशमलव १८ अंकमा पुगेपनि सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३९ अंकले घटेर चार सय ७३ दशमलव २३ अंकमा पुगेको छ । तीन सय २८ वटा कम्पनीहरुको एक लाख तीन हजार दुई सय २५ पटकको कारोबारमा दुई करोड १३ लाख १८ हजार नौं सय २९ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम आठ अर्ब ८१ करोड ९७ लाख २३ हजार तीन सय ३५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहले गुमाएका छन् भने बाँकीले कमाएकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ६४ अंकले घटेर १५ सय ५४ दशमलव ७७ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि २४ दशमलव ६१ अंकले घटेर १२ हजार आठ सय ८९ दशमलव ७० अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ३८ दशमलव शुन्य दुई अंकले घटेर ११ हजार एक सय ७६ दशमलव ५६ अंकमा पुगेकोमा फाईनान्स, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने २८ दशमलव ९४ अंकले बढेर पाँच हजार नौं सय ९७ दशमलव ६७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि दुई दशमलव शुन्य सात अंकले बढेर तीन हजार आठ सय १९ दशमलव ७३ अंकमा पुगेको छ । होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड परेकोमा गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा भुगोल इर्नर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ । एसवाई प्यानल नेपाल लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।