बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

व्यावसायी दीपक भट्ट पक्राउ

बिहिबार, चैत्र १९ २०८२

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी) व्यावसायी भट्टलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेको थियो । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ ।

भट्टको राहदानी कालोसूचीमा राख्न सोमबार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो । सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको थियो ।